विभिन्न खेलकुद प्रतियोगिता संचालन गर्दै मर्चेन्ट बैँकर्स संघ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2022 | 01:11:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मर्चेन्ट बैँकर्स संघको आयोजनामा विभिन्न खेलकुदका कार्यक्रम हुने भएको छ । संघले 'टुगेदर फर अ हेल्दी लाइफस्टाइल' को नारा सहित स्पोर्ट्स मिट २०२२ आयोजना गर्न लागेको हो ।

संघका अनुसार प्रतियोगितामा नेपाल मर्चेन्ट बैँकर संघका सदस्य संस्थाहरु साथै नियमक निकाय तथा अन्य सरोकारवाला निकायहरु समेत सहभागी हुने छन् । प्रतियोगितामा फुटसल, टेबल टेनिस र ब्याटमिण्टनलाई विभिन्न बिधामा समावेश गरिएको संघले जनाएको छ । संघका अनुसार प्रतियोगितामा पुरुष तथा महिला बिधामा टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्पर्धाहरु हुनेछ भने पुरुष बिधामा फुटसल प्रतिस्पर्धाहरु समेत हुनेछ र सम्पूर्ण प्रतियोगिताहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय नियमहरुको अधिनमा रहि संचालन हुनेछन् । 

सो कार्यक्रमको उद्घाटन सहित टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्पर्धाहरु भाद्र १७ र १८ गतेका दिन भत्केको पुल अवस्थित धनवन्तरी फुटसलमा हुने तथा फुटसलका प्रतिस्पर्धाहरु प्रतियोगिता समापन सहित भाद्र २४ र २५ गतेका दिन चन्डोैल अवस्थित ढुकु फुटसल हवमा आयोजना हुने संघले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved