एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2022 | 01:37:52 PM मा प्रकाशित

laxmi  sunrise bank

एसिया कप टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भारत र पाकिस्तान भिड्दै छन् । आजको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुने छ । 

सुपर फोर अन्तर्गत यी दुई टिम भिड्न लागेका हुन् । यस अघि गत आइतबार पनि समुह चरणमा यी दुई टिम एक आपसमा भिडेका थिए । सो खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको थियो । 

एकै समुहमा रहेका भारत र पाकिस्तान क्रमश समुह बिजेता र समुह उपबिजेता हुँदै सुपर फोरमा प्रवेश गरेका हुन् । अर्को समुहबाट अफगानिस्तान र श्रीलंका सुपर फोरमा प्रवेश गरेका छन् ।  

सुपर फोरमा रहेका ४ वटा टिमले सबै टिमसँग एक -एक खेल खेल्ने छन् ।  सबै टिमले सबै टिमसँग १ खेल खेलेपछि शिर्ष स्थानमा रहने २ टोली बीच फाइनल खेल हुने छ ।

हिजो शनिवार सुपर फोर अन्तर्गत भएको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले पराजित गरेको थियो । आज सुपर फोर अन्तर्गतको दोस्रो खेलमा चिर परिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्न लागेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved