भारतविरुद्ध नेपालको सानदार जित, बन्यो समूह विजेता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2022 | 05:59:53 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपालले शुक्रबार भारतविरुद्ध सानदार जित निकाल्दै समूह विजेता बनेको छ । समूह विजेता र उपविजेताको टुंगो लाग्ने खेलमा पछि परेको अवस्थामा उत्कृष्ट पूनरागमन गर्दै नेपालले सानदार जित निकालेको हो । 

आजको खेलमा भारतमाथि जित निकालेसँगै नेपाल समूह बी को विजेता बनेको छ । 

नेपालले ६ अंक जोड्दा भारतको ३ अंक मात्र छ । भुटान अंक विहिन रहँदै यसअघि नै बाहिरिएको छ ।

आजको खेलमा सुरुमा नेपाल १–० ले पछि परेको थियो । तर, पहिलो हाफको अन्तिम मिनेटमा बराबरी गोल फर्काएपछि नेपालले दोस्रो हाफमा २ गोल थप्यो । नेपालका लागि सरोज दर्लामी, युनेश बुढाथोकी र सुवास बमले गोल गरे ।

२५ औं मिनेटमा भारतका लागि ड्यानी मेतीको गोलमा भारतले अग्रता लिएको थियो । ४५ औं मिनेटमा सरोजले बराबरी गोल फर्काए । 

त्यसपछि दोस्रो हाफको चौथो मिनेटमा नै युनेशको गोलबाट नेपालले अग्रता लियो । ६७ औं मिनेटमा सुवासले गोल थपेपछि नेपाल जिततर्फ उन्मुख बन्यो । 

त्यसपछि दूबै टोलीबाट गोल नभएपछि खेल नेपालले ३–१ ले जित्यो । 

नेपाल र भारत दूबै पहिलो खेल जित्दै सेमिफाइनल पुगिसकेका छन् । 

समूह एमा आयोजक श्रीलंका, बंगलादेश र माल्दिभ्स छन् । अब समूह एको उपविजेतासँग नेपालले सेमिफाइनल खेल्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved