ज्ञानेन्द्र मल्ल कान्तिपुरको मार्की खेलाडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2022 | 03:54:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टि–२० लिगको ड्राफ्टमा काठमाण्डु कान्तिपुरले मार्की खेलाडीको रुपमा राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई अनुबन्ध गरेको छ । पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा १५ लाखमा मार्की खेलाडी किन्दा ज्ञानेन्द्रलाई कान्तिपुरले किनेको हो । 

कान्तिपुर मिडिया ग्रुपको स्वामित्वमा रहेको काठमाण्डु कान्तिपुरले ज्ञानेन्द्रलाई ए ग्रेडबाट १५ लाख रुपैयाँमा मार्की खेलाडीमा अनुबन्ध गरेको हो । 

ज्ञानेन्द्रले २०१९ देखि २०२१ सम्म नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानी गरेका थिए । 

उनी बागमती प्रदेशको पनि कप्तान हुन् । एभरेष्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियटर्स, धनगढी प्रिमियर लिगमा काठमाडौं गोल्डेन्स र पोखरा प्रिमियर लिगमा काठमाडौँबाटै उनले कप्तानी गरेका थिए । 

ज्ञानेन्द्रकै कप्तानीमा ललितपुरले २०१८ मा एभरेष्ट प्रिमियर लिगको तेस्रो संस्करण जितेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved