साफ महिला फुटबल च्याम्पियनसिपको
फाइनलमा पराजित भएपछि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक कुमार थापाले राजीनामा
दिने घोषणा गरेका छन् ।
उपाधि जित्ने लक्ष्य पूरा नभएपछि आफू
पद त्याग गर्ने निर्णयमा पुगेको उनले बताए ।
साफको उपाधि जित्ने लक्ष्य पूरा हुन
सकेन। त्यसैले पदमा बसिराख्न औचित्य देखिनँ’ उनले भने ।
दशरथ रंगशालामा भएको छैंटौं
संस्करणको साफ महिला फुटबल च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित
भएको थियो ।