मैत्रीपूर्ण फुटबल खेल खेल्दै नेपाल र बङ्गलादेश, टिकट मूल्य ५ सय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2022 | 06:21:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले भोलि बङ्गलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ ५ः३० बजे हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

विभिन्न प्रतियोगितामा नेपाल र बङ्गलादेश हालसम्म २६ पटक आमने सामने भएका छन् । जसमध्ये आधाभन्दा बढि खेलमा बङ्गलादेश विजयी भएको छ ।  नेपाल र बङ्गलादेशको पछिल्लो भेट भने सन् २०२१ मा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा भएको थियो । त्यतिबेला नेपाल र बङ्गलादेशलले १–१ गोलको बराबरी खेलेका थिए । उक्त प्रतियोगिताको लागि एन्फाले भिआइपितर्फ रु एक हजार र साधारण प्याराफिटतर्फ रु पाँच सय मूल्य तोकेको छ । त्यसैगरी एन्फाले यस खेलका लागि भिआइपीतर्फको ८० वटा सिट रु पाँच हजारको दरले मूल्य तोकेको छ ।

फुटबल खेललाई सहयोग गर्ने चाहने व्यक्तिका कदर र सहजै टिकट उपलब्ध गर्नको लागि रु पाँच हजार मूल्य राख्ने निर्णय गरेको एन्फाले जनाएको छ । टिकट भने अनलाइन नभइ भौतिक रुपमा नै बिक्री हुनेछ । नेपाली टोलीमा कप्तान किरण चेम्जोङसहित विशाल श्रेष्ठ, दीपक कार्की, विकास कुथु, रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजबंशी, विकास खवास, सुमन अर्याल, रेजिन धिमाल, सुदीप गुरुङ, तेज तामाङ र सेसेहाङ आङदेम्बे छन् ।

त्यसैगरी विशाल राई, सुजल श्रेष्ठ, सुरज ज्युठकुरी, एरिक विष्ट, विमल घर्तीमगर, अन्जन विष्ट, हृतिक खड्का, मनिस डाँगी र आषिश चौधरी छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved