सन्दीप लामिछाने बिमान स्थलबाट पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2022 | 11:32:11 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाली क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई पक्राउ गरिएको हो ।

 केही दिन अघि उनले सामाजिक सञ्जाल मार्फत आफु असोज २० गते नेपाल आउन लागेको बताउदै, आफु निर्दोष रहेको र नेपाल आएपछि कानुनी लडाई लड्ने बताएका थिए   उनले नेपालको न्याय प्रणालीमा आफुलाई पुर्ण भरोषा र विश्वास रहेको बताउदै आफुले छिट्टै न्याय पाउने आशा राखेको बताएका थिए  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे नै ओर्लिने भने पनि खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केहीबेर ढिलाइ भएको थियो । दोहाबाट काठमाडौं आएको उनी सवार कतार एयरवेजको जहाजले केहीबेर आकाशमा फन्को मारेको थियो ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved