टि २० विश्वकपको उपाधि इंग्ल्यान्डलाई, बन्यो लगातार २ विश्वकप जित्ने पहिलो टिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2022 | 05:23:56 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानलाई पराजित गर्दै इंग्ल्यान्डले दोस्रो पटक टि २० विश्वकप क्रिकेटको उपाधि जितेको छ। आज भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इंग्ल्यान्डले उपाधि जितेको हो । 

आज भएको फाइनल खेलमा इंग्ल्यान्डले टस जितेर पाकिस्तानलाई ब्याटिंगको निम्तो दिएको थियो । पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३७ रन मात्र बनाउन सक्यो । १३८ रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको इंग्ल्यान्डले उक्त लक्ष्य १९ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो ।

यस सँगै इंग्ल्यान्ड लगातार २ वटा विश्वकप जित्ने पहिलो टिम बनेको छ । इंग्ल्यान्डले यस अघि सन् २०२१ को ५० ओभरको विश्वकप जितेको थियो । अहिले २० ओभरको विश्वकप जित्दै इंग्ल्यान्डले लगातार २ विश्वकप जितेर इतिहास रचेको हो । इंग्ल्यान्डले दोस्रो पटक टि २० विश्वकप क्रिकेटको उपाधि जितेको हो। यस अघि इंग्ल्यान्डले सन् २०१० को टि २० विश्वकपको उपाधि जितेको थियो ।

इंग्ल्यान्डले सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved