आगामी टि २० विश्वकपमा २० टिम हुने, यस्तो छ नेपालको छनौट हुने सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2022 | 06:21:18 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इंग्ल्यान्डले उपाधि जितेपछि सन् २०२२ को टि २० क्रिकेट विश्वकप सम्पन्न भएको छ । अब अर्को टि २० विश्वकप क्रिकेट सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने छन् । 

सन् २०२४ मा हुने प्रतियोगितामा पहिलो पटक २० देशले सहभागिता जनाउने छन् । हालको प्रतियोगिता १६ टिम सहभागी थिए । 

सन् २०२४ मा हुने प्रतियोगिता नेपालले पनि सहभागी जनाउने सम्भावना कायम छ ।तर त्यसको लागि नेपालले सन् २०२३ मा हुने छनौट प्रतियोगितामा शिर्ष २ स्थानमा रहनु पर्ने हुन्छ ।

सन् २०२४ मा हुने प्रतियोगिताको लागि हालसम्म १२ टिमको टुंगो लागिसकेको छ । आयोजकका हिसाब वेस्ट इन्डिज र अमेरिका छनौट भएका छन् । त्यस्तै सन् २०२२ को प्रतियोगिता अर्थात् हालको प्रतियोगितामा शिर्ष ८ स्थानमा पर्न सफल टिमहरु अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्याण्ड, न्युजिल्यान्ड, पाकिस्तान , साउथ अफ्रीका र श्रीलंका पनि सन् २०२४ को विश्वकपको लागि छनौट भएका छन् । छनौट हुन् बाँकि रहेका मध्ये टि २० बरियताको आधारमा अफगानिस्तान र बंगलादेश पनि सन् २०२४ मा हुने विश्वकपको लागि छनौट भएका छन् । 

अब बाँकि ८ टिम भने छनौट प्रतियोगिताबाट आउने छन् । जसमा अफ्रीकाबाट २, अमेरिकाबाट १, एसियाबाट २, पूर्वी एशिया प्रसान्त क्षेत्रबाट १ , र युरोपबाट २ देश आउने छन् । नेपालले एसियाली छनौट खेल्नु पर्ने छ । नेपालले बहराइन, हंगकंग, ओमान, सिंगापुर, युएई र सब रिजनल क्वालिफायर १ र २ को बिजेतासँग प्रतिस्पर्धा गर्नु पर्ने छ । यस हिसाबमा नेपालले ७ देशसँग प्रतिस्पर्धा गर्ने छ । यी ७ देश मध्ये शिर्ष २ स्थानमा पर्ने देशले सन् २०२४ को विश्वकप खेल्न पाउने छन् । त्यस हिसाबमा नेपालले पनि सन् २०२४ को विश्वकप खेल्न सक्ने सम्भावना जीवित नै छ । 

रिजनल क्वालिफायर १ को समुहमा इरान, कुवेत, माल्दिभ्स, कतार, र साउदी अरेबिया छन् भने क्वालिफ्यर २ मा भुटान, चीन, मलेशिया, म्यान्मार , र थाईल्याण्ड रहेका छन् ।  रिजनल क्वालिफायर १ र २ को समुह बिजेताले एशियाली छनौटमा नेपाल, बहराइन, हंगकंग, ओमान, सिंगापुर, र युएई सँग प्रतिस्पर्धा गर्ने छ। जसमा शिर्ष २ टोलीले विश्वकप खेल्न पाउने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved