विश्वकप जितेको इंग्ल्यान्डले १६ लाख डलर पुरस्कार पाउने, अन्य १५ देशले कति पाउँछन् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2022 | 12:09:56 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानलाई पराजित गर्दै दोस्रो पटक टि २० विश्वकप क्रिकेटको उपाधि जितेको इंग्ल्यान्डले पुरस्कार स्वरुप १६ लाख डलर पाउने भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले इंग्ल्यान्डले १६ लाख डलर पाउने र उप बिजेता पाकिस्तानले त्यसको ठ्याक्कै आधा अर्थात् ८ लाख डलर जनाएको हो ।

त्यस्तै सेमिफाइनलमा पुगेर पराजित भएका भारत र न्युजील्याण्डले समान ४ लाख डलर पाउने छन् । त्यस्तै सुपर १२ मा बाहिरिएका ८ टिमले ७० हजार डलर पाउने छन् । ७० हजार डलर पाउने देशहरुमा अष्ट्रेलिया, श्रीलंका, आयरल्याण्ड, अफगानिस्तान, साउथ अफ्रीका, नेदरल्याण्ड, बंगलादेश र जिम्बाबे रहेका छन् । 

त्यस्तै पहिलो राउण्डमा  खेल जित्ने टोलीले प्रति खेल जिते बराबर ४० हजार डलर पाउने छन् । त्यस्तै पहिलो राउण्डबाट नै बाहिरिएका ४ टोलीले पनि प्रति टिम ४० हजार डलर पाउने छन् । पहिलो राउण्ड मै बाहिरिएका देशहरु युएई, स्कटल्याण्ड, नामिबिया, र वेस्ट इन्डिज रहेका छन् ।

यस प्रतियोगिताको कुल पुरस्कार रकम ५६ लाख डलर रहेको छ । 

यो पनि : आगामी टि २० विश्वकपमा २० टिम हुने, यस्तो छ नेपालको छनौट हुने सम्भावना

फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इंग्ल्यान्डले उपाधि जितेको हो । फाइनल खेलमा इंग्ल्यान्डले टस जितेर पाकिस्तानलाई ब्याटिंगको निम्तो दिएको थियो । पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३७ रन मात्र बनाउन सक्यो । १३८ रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको इंग्ल्यान्डले उक्त लक्ष्य १९ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो ।

यस सँगै इंग्ल्यान्ड लगातार २ वटा विश्वकप जित्ने पहिलो टिम बनेको छ । इंग्ल्यान्डले यस अघि सन् २०२१ को ५० ओभरको विश्वकप जितेको थियो । अहिले २० ओभरको विश्वकप जित्दै इंग्ल्यान्डले लगातार २ विश्वकप जितेर इतिहास रचेको हो । इंग्ल्यान्डले दोस्रो पटक टि २० विश्वकप क्रिकेटको उपाधि जितेको हो। यस अघि इंग्ल्यान्डले सन् २०१० को टि २० विश्वकपको उपाधि जितेको थियो ।

इंग्ल्यान्डले सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved