अन्जनको गोलमा पाकिस्तानमाथि नेपालको जित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2022 | 07:14:57 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानसँगको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले जित निकालेको छ । फरवार्ड अन्जन विष्टको गोलमा नेपालले घरेलु मैदानमा जित निकालेको हो । 

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालले १–० ले जित हात पारेको हो । खेलमा भएको एक मात्र गोल दोस्रो हाफमा भएको हो । 

खेलको ८३औं मिनेटमा अन्जनले सुनिल बलको क्रस पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् । उनको यो ११औं अन्तराष्ट्रिय गोल हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved