युएई विरुद्द अर्जेन्टिना ५-० गोल अन्तरले विजयी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2022 | 08:33:43 AM मा प्रकाशित

laxmi  sunrise bank

कतार विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले संयुक्त अरब इमिरेट्स (युएई)लाई ५–० अन्तरले पराजित गरेको छ । बुधबार राति दुबईमा भएको खेलमा अर्जेन्टिनाले फराकिलो जित हात पारेको हो । 

अर्जेन्टिनालाई जित दिलाउन अट्याकर एन्जल डि मारियाले दुई गोल गरेका थिए । यसैगरी कप्तान लियोनल मेसी, जुलिअन अल्भारेज र जोआक्विन कोरेआले एक उक गोल गरे । अर्जेन्टिनाले पहिलो हाफमा ४ तथा दोस्रो हाफमा एक गोल थप गरेको थियो । 

खेलपछि अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कालोनीले खेलाडी पूर्ण रुपमा फिट नभएको र केहि खेलाडी परिवर्तन हुने पक्का रहेको बताएका छन् । अर्जेन्टिनाले २२ नोभेम्बरमा साउदी अरेबियासँग खेल्दै विश्वकप सुरुआत गर्नेछ । समूह सी मा अर्जेन्टिना र साउदीसँगै मेक्सिको र पोल्यान्ड छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved