रोनाल्डोलाई २ खेलको प्रतिबन्ध, ५० हजार पाउण्ड जरिवाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2022 | 12:57:49 PM मा प्रकाशित

laxmi  sunrise bank

इंग्ल्यान्ड फुटबल एसोसिएसनले म्यानचेस्टर युनाईटेडका पूर्व खेलाडी क्रिस्टीयानो रोनाल्डोलाई २ खेलको प्रतिबन्ध लगाएको छ । गत अप्रिलमा म्यानचेस्टर युनाईटेड मै हुँदाखेरी नै उनले देखाएको ब्यबहारको कारण उनी माथि आर्थिक जरिवाना तथा २ खेलको प्रतिबन्ध लागेको हो 

गत अप्रिलमा एभर्टनको घरेलु मैदानमा एभर्टन र म्यानचेस्टर   युनाइटेडबीच खेल भएको थियो । उक्त खेल म्यानचेस्टर युनाईटेडले १-० गोल अन्तरले हारेको थियो। खेल सकिएपछि ड्रेसिङ रुममा फर्कने क्रममा रोनाल्डोले एक समर्थकको हातबाट मोबाइल फोन थुनेर जमिनमा बजारेका थिए । उनको यो ब्यबहार अनुचित रहेको, उनले गरेको आचरण ठिक नभएको र यो कदम हिंसात्मक रहेको भन्दै इंग्ल्यान्ड फुटबल एसोसिएसनले उनलाई २ खेलको प्रतिबन्ध लगाएको छ । रोनाल्डोले इमोसन कन्ट्रोल गर्न नसक्दा आफ्नो आचरण र ब्यबहार गलत पुन पुगेको भन्दै यस अघि नै माफी मागिसकेका थिए । तर उनले आफ्नो ब्यबहार हिंसात्मक नभएको बताउने गरेका छन् । 

रोनाल्डोले म्यानचेस्टर युनाईटेड छोडिसकेका छन् । तर उनी अब जुन क्लबमा गएपनि उक्त क्लबको सुरुवाती २ खेल खेल्न पाउने छैनन् । यसै घटनामा उनलाई ५० हजार पाउण्ड अर्थात् ५९ हजार ८ सय ७५ डलर जरिवाना समेत गरिएको छ 

हाल रोनाल्डो विश्वकप खेल्न कतारमा पुगेका छन् । रोनाल्डो पोर्चुगलका कप्तान हुन् । उनीमाथि गरिएको कारवाहीले विश्वकपमा  भईरहेको उनको सहभागितालाई कुनै असर गर्ने छैन । अर्थात् उनले विश्वकपका सबै खेल निर्वाध खेल्न पाउने छन् । पोर्चुगलको टिम समुह एचमा रहेको छ । यस समुहमा पोर्चुगलसँगै घाना, उरुग्वे र साउथ कोरिया छन् 

रोनाल्डोले हालै मात्र  म्यानचेस्टर युनाईटेड छोडेका छन् । उनले आपसी सहमतिमा क्लब छोडेका बताएका छन् । एक टेलिभिजन अन्तर्वाता दिदै क्लबको आलोचना गरेपछि रोनाल्डो विवादमा आएका थिए । अन्तर्वातामा उनले क्लबको आलोचना गर्दै क्लबका प्रशिक्षकले क्लबमा आफ्नो कदर नै नगरेको बताएका थिए । अन्तर्वार्तापछि क्लबले रोनाल्डो विरुद्द उपयुक्त कदम चाल्ने बताएको थियो ।  ओल्ड ट्राफर्डमा रोनाल्डोले २ पटक गरि ३४६ खेलमा १४५ गोल गरेका छन् । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved