राष्ट्रिय खेलकुदको लागि कर्णालीमा संरचना निर्माण तीव्र, ३३ औ अनुगमनमा मुख्यमन्त्री

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Nov 30, 2022 | 01:53:43 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने तय भईसकेको छ । कर्णालीमा उक्त प्रतियोगिता हुने भएपछि त्यसको तयारी तीव्र रुपमा गर्नुपर्ने अवस्थामा कर्णाली प्रदेश सरकार रहेको छ  ।

सोहि कारण कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश गौरवको आयोजनाको रुपमा निर्माणधिन रहेको रंगशालाको ३३ औं पटक अनुगमन सम्पन्न गरेका छन् । वीरेन्द्रनगरमा हाल रंगशाला रहेकै स्थानमा डेढ अर्ब बढी लगानीमा भौतिक संरचना निर्माण गर्न लागिएको हो । निर्माण कम्पनी एमएसीजिएसएल ज्वइन्टभेन्चर कान्तिपथ काठमाडौंसँग ३० महिनामा काम सक्ने गरी एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । रंगशाला निर्माण सम्पन्न गर्न अब झण्डै १८ महिना समयावधी रहेको छ । तर निर्माण कम्पनीले रंगशाला निर्माण कार्य समय भन्दा ६ महिना अघि नै निर्माण गर्ने गरि काम गरिरहेको छ । 

हालसम्म कम्पनीले भौतिक पूर्वाधार निर्माणको हिसाबमा तीस प्रतिशत प्रगति गरिसकेको कर्णाली खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र सञ्जेलले जानकारी दिए ।

रंगशालाको डिजाइनअनुसार संरचना भूकम्प प्रतिरोधक बनाइनेछ भने प्यारापिटमा ग्याल्वनाइज फलामका राखिने छन्। एक हजार पाँच सय दर्शक क्षमता भएको बहुउद्देश्यीय कभर्डहल पनि बन्नेछ । खेल सञ्चालन गर्दा आवश्यक पर्ने सबै खालका संरचनासहितको सुविधासम्पन्न रंगशाला निर्माण हुने उनले बताए ।

रंगशालाभित्र फिफाको मापदण्डअनुसार फुटबल मैदान र स्वीमिङ पुल निर्माण गरिनेछ । साथै, आठ लेनको सेन्थेटिक एथ्लेटिक्स ट्रयाक बनाइने पनि सम्झौतामा उल्लेख छ । भीआइपी प्यारापिट तथा वेटिङ रुम, रेफ्री, चेन्जिङ, रिफ्रेस रूम, मेडिकल रुम, फिजियोथेरापी र मिडिया रूम निर्माण गरिने छन् । अपांगतामैत्री संरचना, हरियाली ल्यान्डस्केप र अन्डरग्राउन्ड पार्किङ निर्माण गर्नेगरी रंगशालाको डिजाइन गरिएको परिषद्ले जनाएको छ । टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म र रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्यान्ड पनि निर्माण हुने छन् ।

यसका अलावा नेपालमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको भलिबल कोर्ट निर्माण भइरहेको छ । १५ सय दर्शक अटाउने उक्त भलिबल कभर्डहल वातानुकुलित हुने छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री शाहीले पनि तत्काल रंगशाला निर्माण गर्नेतर्फ ध्इान दिन आवश्यक रहेको बताए । ‘कर्णालीमा पहिलोपटक उक्त प्रतियोगिता आयोजना गर्न लागिएको छ । त्यसका लागि आवश्यक तयारी पुरा गर्नुस । बजेट र संरचना निर्माणका लागि तपाईहरु ढुक्क हुनुहोस् । सके संघबाट बजेट ल्याउँछौं, नभए हामी प्रदेश सरकारले नै लगानी गरेर भएपनि संरचना निर्माण गर्न कुनै कसर बाँकी राख्दैनौं ।’

चुनावपछि पहिलोपटक अनुगमन गर्न पुगेका मुख्यमन्त्री शाहीले भने, ‘यहाँ संरचना कम भएको भन्ने गुनासो आइरहेको छ । चौरजहारी रंगशाला निर्माण र वीरेन्द्रनगरको यो रंगशाला निर्माण पुरा भए धेरै समस्या पर्दैन । हामी अन्य खेलहरु हिमाली र पहाडी जिल्लामा खेलाउने गरि अघि बढौंला ।’ उनले थपे, ‘वीरेन्द्रनगरमा पनि कालिञ्चोक र चिसापानी खेल मैदान बनिरहेका छन नि.. ।’

मुख्यमन्त्री शाहीले कर्णालीमा प्रतियोगिताको समयमा आउने खेलाडी र दर्शकलाई बस्नका लागि कुनै कठिनाई नहुने बताए । ‘हामी हरेक जिल्लामा खेलाडी, दर्शक पठाउँछौं । यहाँको होटल व्यवसायीसँग सल्लाह गरेर संरचना थप गर्न अनुरोध गर्छौं ।’ उनी भन्छन्, ‘त्यतिले पुगेन भने यहाँका विद्यालयहरुलाई बास बस्नका लागि प्रयोग गर्छौं । यसका लागि आवश्यक तयारी गर्न सरकार प्रतिबद्ध छ ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved