नेपालले नामिबियालाई दियो १९८ रनको लक्ष्य, ज्ञानेन्द्रको कीर्तिमानी अर्धशतक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2022 | 05:25:40 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले घरेलु टोली नामिबियालाई १९८ रनको लक्ष्य दिएको छ । 

वान्डेरेर्स क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर १९७ रन बनायो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ७५ रन बनाए । यस्तै आरिफ शेखले २३ र आसिफ शेखले २० रन बनाए । 

आजको अर्धशतकसँगै ज्ञानेन्द्र नेपालबाट एकदिवसीयमा ६ अर्धशतक बनाउने पहिलो खेलाडी बनेका छन् । उनीपछि आसिफ शेख र रोहित पौडेलको नाममा समान ५÷५ अर्धशतक छन् ।

यो शृङ्खलामा घरेलु टोली नामिबियासहित नेपाल र स्कटल्यान्ड सहभागी छन् ।

नेपालले आइतबार स्कटल्यान्डसँग, २१ गते बुधवार पुनः नामिबियासँग र २२ गते बिहीबार स्कटल्यान्डसँग खेल्नेछ ।

७ वटा देश सहभागी लिग–२ को शीर्ष ३ देश विश्वकप छनोटमा पुग्नेछन् भने शीर्ष ५ देशले एकदिवसीय मान्यता कायम गर्नेछन् ।

नेपाल २० खेलमा १७ अङ्कका साथ छैठौँ स्थानमा छ । नेपालले १६ वटा खेल खेल्न बाँकी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved