एनआइसीको विश्वकप अफरः मोबाईल टपअप देखि फाइनल गेम सिनेमा हलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2022 | 06:39:17 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रवद्र्धनका लागि मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ । योजना अनुसार बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी विश्वकपका खेलहरुको सही बिजेता अनुमान गर्नेलाई प्रत्येक खेलमा ५ देखि १० जनालाई ५ सय देखि २ हजारसम्म मोबाइल टपअप प्रदान गर्ने व्यवस्था बैंकले गरेको छ । साथै, उक्त योजना अन्तर्गत तीन सय जनालाई छनोट गरि बैंकले सिनेमा हलमा निःशुल्क विश्वकप फाइनल खेल हेर्ने अवसर प्रदान गर्ने छ ।

२० लाख पटक भन्दा बढी डाउनलोड भैसकेको बैंकको मोबाईल बैकिङ्ग एपमा बैंकले विश्वकपको सम्पूर्ण खेलहरूको तालिका सहित खेलसम्बन्धी अन्य विवरणहरू समेत समावेश गरेको छ । जसको आधारमा ग्राहकहरूले प्रत्येक खेल सुरु हुनुअघि बिजेता अनुमान गर्न पर्नेछ।

काठमाडौंस्थित एक सिनेमा हलमा फाइनल खेल हेर्नका लागि वितरण गरिने तीनसय वटा टिकटमध्ये १४० वटा ग्राहकहरूलाई र २०७९ मंसिरमा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विभिन्न मर्चेन्टहरूलाई प्रति मर्चेन्ट २ देखि ४ वटाका दरले १६० टिकट वितरण गर्ने व्यवस्था बैंकले गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved