रोनाल्डोलाई किन्न साउदीको क्लब २७ अर्ब तिर्न तयार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2022 | 09:49:07 AM मा प्रकाशित

laxmi  sunrise bank

पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई लिन साउदी अरेबियन क्लब अल नासर इच्छुक देखिएको छ । कतार फिफा विश्वकपमा व्यस्त रहेका पोर्चुगलका कप्तानलाई अनुबन्ध गर्न साउदी क्लब अल नासर मोटो रकम खर्च गर्न तयार रहेको छ । 


नासरले रोनाल्डोको लागि २० कराेड युराे खर्च गर्न तयार भएको हो । यो रकम भनेको नेपाली मुद्रा अनुसार साढे २७ अर्ब बढी हो। 

रोनाल्डोले सहमति जनाएमा क्लबले एक वर्षको सम्झौता गर्ने बताएको छ ।


३७ वर्षीय रोनाल्डो म्यानचेस्टर युनाइटेड छोडेदेखि ‘फ्रि एजेन्ट’ छन् । पछिल्लो समय टोली व्यवस्थापक र प्रशिक्षक टेन हागसँग सम्बन्ध सुमधुर नभएपछि रोनाल्डोले क्लब छाडेका हुन् । 


गत समरमै क्लबले कीर्तिमानी ३०५ मिलियन युरो खर्च गर्न चाहेको थियो । तर, रोनाल्डोले त्यसमा कुनै सहमति जनाएनन् । हाल भने रोनाल्डो विश्वकपमा केन्द्रित छन् । उनी सम्मिलित टोलीले आज राति स्विट्जरल्यान्डसँग खेल्दैछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved