महवुव आलमले दुई खेलाडीलाई आर्थिक प्रलोभन देखाई स्पट फिक्सिङको प्रस्ताव गरेको खुलासा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2023 | 03:06:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा भएको टी–२० लिगमा भएको ‘स्पट फिक्सिङ’ मा १० जना संलगन रहेको पाईएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज पत्रकार सम्मेलन गर्दै ४ जना नेपाली र ६ जना विदेशी संलग्न रहेको जानकारी दिएको हो । ब्यूरोका अनुसार टिमका ब्यबस्थापकपनि यसमा संलग्न देखिएका छन् ।

प्रहरीले यस प्रकरणमा महबुब आलम र मोहम्मद आदिल अन्सारीलाई पक्राउ गरिसकेको छ । 

 ब्यूरोले छानविन तथा प्रारम्भिक अनुसन्धानको क्रममा निम्न तथ्य खुल्न आएको जनाएको छ :

-पूर्व राष्ट्रिय क्रिकेट खेलाडी समेत रहेका महवुव आलमले कम्तीमा दुई जना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई स्पट फिक्सिङ गर्ने प्रयास गरेको ।

-नेपाली खेलाडी मोहमद आदिल आलमलाई एउटा नो बल र एउटा वाईड बल फाल्नको लागि एप्रोच आएको, उनले खेलेका कम्तीमा दुई वटा खेलमा सोही प्रकृतिको खेल खेलेको देखिएको । 

-एक नेपाली खेलाडीलाई नेपाली व्यक्तिले Approach गरेको ।

-एक विदेशी खेलाडीलाई खेलको व्यवस्थापन टिमका सदस्यबाट Approach भएको ।

 -टिम म्यानेजरको निर्देशनमा एक विदेशी खेलाडीले एक सेशनमा निर्धारित रनमात्र बनाई स्पट फिक्सिङ गरेको ।

-प्रायोजकको रूपमा रहेको 1xBat ले खेलकुदसँग सम्बन्धित समाचारको लागि तथा पूर्वानुमान गर्नको लागि भरपर्दो श्रोत भन्ने दावी गर्ने गरेको। निकट भविष्यमा क्रिकेट खेलसँग सम्बन्धित पोशाक तथा सामग्रीहरू बजारमा उपलब्ध हुने दाबी गरेको तर हालसम्म बजारमा बिक्री वितरणको लागि कुनै पनि सामाग्री उपलब्ध नभएको ।

-केही प्रवान्चाईज टिमहरूको आर्थिक श्रोत, खेलाडीहरूलाई दिने पारिश्रमिकको श्रोत नखुलेको ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved