त्रिदेशीय श्रृंखलाका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो, सन्दीप परेनन्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2023 | 07:57:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी महिना घरेलु मैदानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकपअन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलाका लागि २८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

फागुन २ देखि ९ गतेसम्म त्रिवि क्रिकेट मैदानमा नामिबिया र स्कटल्यान्डसँग आईसीसी लिग–२ अन्तर्गत ४ खेलको एकदीवसीय श्रृंखला खेल्ने छ । उक्त प्रतियोगीताका लागि पहिलो चरणको प्रशिक्षणमा २८ खेलाडीलाई बोलाइएको हो । 

२८ जनाको टोलीमा सन्दीप लामिछाने भने समेटिएको छैन । 

बलात्कारको आरोप लागेका लामिछाने गत हप्ता मात्रै धरौटीमा रिहा भएका थिए । 

बन्द प्रशिक्षणमा बोलाइएका २८ खेलाडीः

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलसन झा, करण केसी, सोमपाल कामी, शरद भेषावकर, ललित राजवंसी, विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महत्तो, कमलसिंह ऐरी, सिद्दान्त लोहनी, अर्जुन साउद, अविनाश बोहरा, सूर्य तामाङ, विवेक यादव, भिम सार्की, कुशल मल्ल, मौसम ढकाल, अनिल शाह, विक्रम शोव, भुवन कार्की, अंकीत सुवेदी ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved