क्रिकेट स्पट फिक्सिङमा १२ जना प्रतिवादी बनाएर सिआइवीले पेश गर्यो अनुसन्धान प्रतिवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2023 | 03:39:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)ले क्रिकेट खेलको स्पट फिक्सिंङमा १२ जना प्रतिवादी बनाएर आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकीलको कार्यालयमा बुझाएको छ । 

सिआइवीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार उनीहरुलाई राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार तीन वर्ष कैद र ५० हजारसम्म जरिवाना हुनुपर्ने मागदावीसहित प्रतिवेदन बुझाएको जानकारी दिए । त्यसमध्य दुई जना खेलाडीलाई स्वभाविक नतिजालाई फेरबदल गर्न भूमिका खेलेको र बाँकी १० जनालाई मिलेमतो तथा त्यसको दुरुत्साहन र मदत गरेको आरोप लगाइएको छ । 

यसअघि पत्रकार सम्मेलनमा प्रहरीले १० जना संलगन रहेको जनाएको थियो । अहिले भने प्रहरीले थप दुई जनालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझाएको हो ।गएको पुसमा नेपालमा भएको टि–२० क्रिकेट लिगको स्पट फिक्सिङमा व्यवस्थापकीय भूमिकामा रहेका, खेलाडीको सम्पर्कमा आएका र खेलमा सहभागी खेलाडीहरु संलग्न रहेका प्रतिवेदनमा उल्लेख छ ।  

फिक्सिङको आरोपमा प्रहरीले सप्तरीको राजविराज घर भएका २० वर्षिय पूर्व क्रिकेटर महबुल आलम, बारा सिम्रौनगढका २० वर्षीय खेलाडी मोहमद आदिल आलम र सहयोगी नितेश गुप्ता पक्राउ परेका छन् ।

गएको पुस ९ देखि २७ गतेसम्म कीर्तिपुरस्थित क्रिकेट मैदानमा नेपाल क्रिकेट सङ्घ क्यानको आयोजना तथा भारतको सेभेन थ्री स्पोर्टस् प्रालिको रणनीतिक तथा व्यवसायीक साझेदारीमा उक्त खेल खेलाइएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved