बिहिबार हुने नेपाल र युएईबीचको खेलमा पानी पर्ने सम्भावना कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2023 | 11:41:03 AM मा प्रकाशित

laxmi sunrise bank

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत बिहिबार नेपालले युएइसँग अन्तिम खेल खेल्दै छ । यो लिग कै अन्तिम खेल हो । यो खेल नेपालको लागि सबैभन्दा महत्वपूर्ण छ ।  यो खेल जितेमा नेपालले  सिधै एक दिवसीय विश्वकप ग्लोबल  छनौट खेल्न पाउने छ

महत्वपूर्ण खेल भएकोले सो खेल पानीले प्रभावित हुने पो होकी भन्ने चिन्ता आम समर्थकको छ । तर मौसदविदका अनुसार बिहीबार वर्षाको सम्भावना छैन । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जल तथा मौसमविज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डा. विनोद पोखरेलका अनुसार भोलि हुने नेपाल र युएई बीचको क्रिकेट खेलको मौसम सामान्य बदलि हुने तर पानी पर्ने सम्भावना एकदमै थोरै मात्र देखिन्छ। खेलको दौरान बादल लाग्ने देखिएपनि पानी पर्ने सम्भावना भने एकदमै न्यून रहेको उनले बताए

हाल अंक तालिकामा नेपाल ३८ अंक सहित चौथो स्थानमा छ। नेपालले युएई विरुद्दको खेल पनि जिते नेपालको ३६ खेलबाट ४० अंक हुने छ । ४० अंक हुँदा नेपाल अंक तलिकामा नामिबियालाई पछाडी पार्दै तेस्रो स्थानमा उक्लने छ । युएईलाई पराजित गर्दै नेपालले अंक तालिकामा तेस्रो स्थान हाँसिल गरेमा नेपालले  सिधै एक दिवसीय विश्वकप ग्लोबल  छनौट खेल्न पाउने छ। तर वर्षाको कारण अंक बराबर गर्नु पर्ने बाध्यता आयो भने नेपाल र नामिबियाको समान ३९ अंक हुनेछ र राम्रो रन रेट भएकोले नेपाल भन्दा मथि रही नामिबिया सिधै एक दिवसीय विश्वकप ग्लोबल  छनौट खेल्न पाउने छ। एक दिवसीय विश्वकप ग्लोबल छनौट जिम्बाबमा हुने छ। 

नेपालले युएईसंगको यो अन्तिम खेल नजिते पनि नेपालले एक दिवसीय विश्वकप ग्लोबल  छनौट खेल्न पाउने सम्भावना कायम नै रहने छ। तर त्यसको लागि ६ देश सम्मिलित अर्को छनौट खेल्नु पर्छ र ति ६ देश मध्ये शिर्ष २ मा रहन सक्नु पर्छ । यदि शिर्ष २ मा पर्न सकेन भने विश्वकप छनौट खेल्ने सम्पूर्ण सम्भावना बन्द हुन्छ।  नेपालको दिवसीय बरियता कायम नै रहने पक्का भईसकेको छ। 

 विश्वकप ग्लोबल छनौटमा १० टिम रहने छन् । यसमा शिर्ष २ मा रहने २ टिमले आगामी वर्ष भारतमा हुने ५० ओभरको विश्वकप खेल्न पाउने छन् ।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved