क्युआर देखिने गरि युएईसँगको खेलको टिकट सामाजिक संजालमा शेयर नगर्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2023 | 09:57:12 PM मा प्रकाशित

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलको टिकट सामाजिक संजालमा शेयर नगर्न माइपेले आग्रह गरेको छ । लिगको टिकट बिक्रीको जिम्मा पाएको माईपेले क्युआर कोड देखिने गरि आफ्नो टिकट सामाजिक संजालमा शेयर नगर्न आग्रह गरेको हो । 

क्युआर कोड देखिने गरि टिकट सामाजिक संजालमा राख्दा अरु कसैले टिकट डुप्लिकेट गर्न सक्ने र अन्य जोखिम पनि हुने भएकोले माईपे टिकट सामाजिक संजालमा शेयर नगर्न आग्रह गरेको हो । त्यसरी टिकट सामाजिक संजालमा शेयर गर्दा एक जनाले टिकटको क्युआर देखाएर अर्को व्यक्ति रंगशालामा प्रवेश गर्ने सम्भावना हुने भएकोले आफ्नो टिकट आफुसँग सुरस्खित राखी क्युआर देखिने गरि टिकट शेयर नगर्न आग्रह गरेको हो । 

नेपाल क्रिकेट संघ क्यानले बिहिबार हुने नेपाल र युएईबीचको खेलको सबै टिकट सकिएको जनाएको छ । क्यानले आज संघ सामाजिक संजाल मार्फत सबै टिकट बिक्री भईसकेको जनाएको हो 

क्यानले बिहिबार ठूलो संख्यामा समर्थकहरु किर्तिपुर स्थित क्रिकेट मैदान पुग्ने आंकलन गरिएकोले सुरक्षित भई सभ्य तरिकाले खेल हेरिदिन आग्रह गरेको छ । त्यस्तै क्यानले बालबालिका र जेष्ठ नागरिकहरुलाई आ-आफ्नो घर बाट नै नेपाली टिमलाई समर्थन गर्न आग्रह गरेको छ 

बिहिबार नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्नो घरेलु मैदानमा महत्वपूर्ण खेल खेल्दै छ ।  आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत बिहिबार नेपालले युएइसँग अन्तिम खेल खेल्दै छ । यो लिग कै अन्तिम खेल हो । यो खेल नेपालको लागि सबैभन्दा महत्वपूर्ण छ।  यो खेल जितेमा नेपालले  सिधै एक दिवसीय विश्वकप ग्लोबल  छनौट खेल्न पाउने छ। 

लिगको अन्तिम खेल भएकोले यो फाइनल नै हो । तर त्यसमाथि पनि नेपालले यो खेल जितेमा सिधै एक दिवसीय विश्वकप ग्लोबल  छनौट खेल्न पाउने भएकोले यो फाइनल खेल जस्तै 'गर या मर'को अवस्था हो। 

यो पनि : बिहिबार नेपाली क्रिकेटको ऐतिहासिक 'फाइनल' खेल, लोकदोहोरी कलाकारदेखि पन्चेबाजासम्म तयार



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved