
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले युएईलाई पराजित गरेको छ । नेपालले युएईलाई डिएल मेथड अनुसार ९ रनले जितेको हो ।आजको खेलमा नेपालले जितको लागि ३११ रनको लक्ष्य पाएकोमा ४४ ओभर सकिंदा ६ विकेटको क्षतिमा २६९ रन बनाएको थियो । त्यस पछि उज्यालो कम हुँदै गए पछि थप खेल हुन नसकेपछि नेपालले डिएल मेथडबाट ९ रनले खेल जितेको हो ।
आजको खेल ५ बजेसम्म सकिनु पर्ने थिओ, नतिजा निकाल्न थप आधा घण्टा थप गर्न सकिने प्रावधान अनुसार ५:३० बजेसम्म तानिएको थियो ।त्यसपछि समय सकिएको र उज्यालो पनि कम हुँदै गएपछि डिएल मेथड अनुसार बिजेता घोषणा गरिएको हो ।
के हो डिएल मेथड ?
जब क्रिकेटमा वर्षा वा उज्यालो कम हुँदै गएपछि वा अन्य कुनै कारण पुरै खेल खेल्न सम्भव हुदैन, त्यस्तो अवस्थामा डिएल मेथड प्रयोग गरिन्छ । यो विधिको पुरा नाम डकवर्थ लुइस स्टर्न मेथड हो जसलाई छोटकरीमा डिएल मेथड वा डिएलएस मेथड भनिन्छ । यो विधि तथ्यांकशास्त्रीहरु फ्रान्क डकवर्थ र टोनी लुइसलेप्रतिपादन गरेका हुन् । पछि यस विधिलाई स्टिभ स्टर्नले केहि मोडिफाई गरेका थिए । उनीहरुको नामबाट नै यो विधिको नाम राखिएको हो ।
उनीहरुले यो विधि सन् १९९७ मा बनाएका थिए । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले यसलाई सन् १९९९ देखि प्रयोगमा ल्याएको थियो । हाल यो विश्वभर नै प्रयोग गरिन्छ ।
यस विधिमा दुवै टिमले बनाएको रन, बाँकि रहेको रनको आधारमा सम्सहोधित लक्ष्य तयार गरिन्छ । सोहि अनुसार आज ४४ ओभर नेपालले खेलेको थियो । यो विधि अनुसार ४४ ओभर सकिंदा र ६ विकेट गएको अवस्थामा नेपालको रन २६० हुनु पर्ने थियो । तर त्यो बेलासम्म नेपालको २६९ रन बनि सकेको भएकोले नेपालले ९ रनले जितेको हो । यदि ४४ ओभर सकिंदासम्म नेपालको ७ विकेट गएको भए नेपालको लक्ष्य २८७ रन हुने थियो र नेपालले ७ विकेट गएको हुँदा पनि २ रनले खेल जित्ने थियो ।
आजको जित सँगै नेपालको क्रिकेट विश्वकप लिग २ को अंक तालिकामा ३६ खेलबाट ४० अंक पुगेको छ । यस सँगै नेपाल एक दिवसीय विश्वकपको ग्लोबल छनौटमा प्रवेश गरेको छ। ग्लोबल छनौट आगामी जुन १८ देखि जुलाई ९ सम्म हुने छ । सो प्रतियोगितामा टेस्ट खेल्ने राष्ट्र हरु सहित १० देश हुने छन् । उक्त प्रतियोगितामा हालसम्म नेदरल्याण्ड, ओमान, जिम्बाबे, स्कटल्याण्डले खेल्ने पक्का भएको छ। बाँकि ६ टिमको टुंगो लाग्न बाँकि छ । वेस्ट इन्डिज, साउथ अफ्रीका, श्रीलंका, र आयरल्याण्ड मध्ये ३ टिम पनि यस प्रतियोगिता खेल्न आउने छन् । उक्त प्रतियोगिताको शिर्ष २ मा पर्न सके नेपालले भारतमा हुने एक दिवसिय विश्वकप खेल्न पाउने छ ।
आजको खेलमा नेपालले जितको लागि ३११ रनको लक्ष्य पाएकोमा ४४ ओभर सकिंदा ६ विकेटको क्षतिमा २६९ रन बनाएको थियो । त्यस पछि उज्यालो कम हुँदै गए पछि थप खेल हुन नसकेपछि नेपालले डिएल मेथडबाट ९ रनले खेल जितेको हो ।
नेपालको लागि कुशल भुर्तेलले ५० रन , भिम शार्कीले ६७ रन, आरिफ शेखले ५२ रन तथा गुलशन झाले नट आउट ५० रन बनाए ।