
नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर खेलाडी आशिफ शेखले क्रिकेटको अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । आशिफले मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) र बीबीसीले संयुक्त रुपमा प्रदान गर्ने 'क्रिस्टोफर मार्टिन-जेनकिन्स स्पिरिट अफ क्रिकेट अवार्ड' पाएका हुन्।
आशिफले उत्कृष्ट खेल भावना प्रदर्शन गरे वापत उनले उक्त अवार्ड प्राप्त गरेका हुन्। आयरल्याण्डसँगको खेलमा आशिफले आयरल्याण्डका ब्याट्सम्यान एण्डी म्याकब्राइनलाई रन आउट गर्न अस्विकार गरेका थिए । एण्डी म्याकब्राइन रन लिने क्रममा बलर कमल सिंह ऐरीसँग ठोक्किएर लडेका थिए । त्यसक्रममा उनले पुरा रन लिन पाएका थिएनन् । विकेटकिपर रहेका आशिफले उनलाई रन आउट गर्न अस्विकार गरेका थिएनन् । लडेको कारण रन पुरा गर्न नसकेको भन्दै उनले ब्याट्सम्यानलाई रनआउट गर्न अस्विकार गरेका थिए । यहि खेल भावनाका कारण उनले 'क्रिस्टोफर मार्टिन-जेनकिन्स स्पिरिट अफ क्रिकेट अवार्ड' पाएका हुन् ।
आशिफले यस अवार्डको लागि मनोनित इंग्ल्यान्डका २ खेलाडीलाई पछि पार्दै यो अवार्ड पाएका हुन् । यस अवार्डको मनोनयन इंग्ल्यान्डका कप्तान जो बटलर र अलराउण्डर खेलाडी बेन स्टोक्स परेका थिए । ति दुवै खेलाडीलाई पछि पार्दै आशिफले यो अवार्ड पाएका हुन् ।
आशिफले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीबाट पनि यस वर्षको 'स्पिरिट अफ क्रिकेट अवार्ड' पाएका थिए ।