
एक दिवसीय क्रिकेट बरियतामा नेपाल एक स्थान माथि उक्लेको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आज बुधबार सार्वजनिक गरेको बरियतामा नेपालमा १६ स्थानबाट उक्लेर १५ औ स्थानमा पुगेको हो ।
नेपालले १५ औ स्थानमा रहेको ओमानको स्थान लिएको हो । बरियताको १४ औ स्थानमा नेदरल्याण्ड छ। नेदरल्याण्डले हाल जिम्बावेसँग सिरिज खेलिरहेको छ । यदि नेदरल्याण्डले यो सिरिज हारेमा र त्यसपछि साउथ अफ्रीकासँग हुने सिरिजको पहिलो २ खेल हारेमा नेपाल १४ औ स्थानमा उक्लने छ ।
हाल बरियताको शिर्ष स्थानमा भारत छ भने दोस्रो स्थानमा अष्टेलिया तथा तेस्रो स्थानमा न्युजील्याण्ड रहेका छन् ।
यस्तो छ बरियता: