लज्जास्पद हारसँगै श्रीलंका पनि नेपालसँगै विश्वकप छनोट खेल्ने बाटोमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2023 | 02:20:36 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रीलंकाले ओडिआई खेलमा घरेलु टोली न्युजिल्यान्डसँग १९८ रनको लज्जास्पद हार ब्यहोरेसँगै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने सम्भावना बढेको छ । आइसिसी विश्वकप सुपर लिगमा २७५ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका १९.५ ओभरमा ७६ रनमा अल आउट भयो ।

यो सँगै श्रीलंका २२ खेलमा ७ मा जित र १३ मा हारसहित ७७ अंकका साथ १० औं स्थानमा छ । अब श्रीलंकाले सुपर लिगमा न्युजिल्यान्डसँग दुई खेल खेल्न बाँकी छ । दुबै खेल जितेमा श्रीलंकाको ९७ अंक हुन्छ । तर दक्षिण अफ्रिका १९ खेलमा ७ मा जित र १० मा हारसहित ७८ अंकका साथ नवौं स्थानमा छ ।

दक्षिण अफ्रिकाले पनि नेदरल्यान्ड्ससँग अन्तिम दुई खेल यसै साता खेल्दैछ । दुबै खेल दक्षिण अफ्रिकाले जितेको खण्डमा ९८ अंक हुनेछ । 

यसकारण आजको हारले श्रीलंकालाई सोझै विश्वकपमा स्थान बनाउन कठिन देखिएको छ । अब दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सँग खेल्ने दुई मध्ये एक खेल हार्नु पर्ने वा कुनै कारण रद्ध हुनुपर्ने हुन्छ । अन्यथा श्रीलंकाले जिम्बावेमा हुने विश्वकप छनोट खेल्नुपर्ने हुन्छ ।

न्युजिल्यान्ड, इंग्ल्यान्ड, भारत, बंगलादेश, पाकिस्तान, अष्ट्रेलिया र अफगानिस्तान विश्वकपमा पुगेका छन् । दक्षिण अफ्रिका, श्रीलंका र वेस्टइन्डिज मध्ये एक देशले सोझै विश्वकपमा स्थान बनाउने छन् । नेदरल्यान्ड्स, जिम्बावे र आयरल्यान्डले विश्वकप छनोट खेल्ने पक्का भएको छ ।

विश्वकप छनोटमा लिग २ बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved