नेपालले जित्यो प्रिमियर कपको उपाधि, अब एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2023 | 11:47:49 AM मा प्रकाशित

laxmi  sunrise bank

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगीताको उपाधि नेपालले जितेको छ । आज सम्पन्न फाइनल खेलमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो 

युएईले दिएको ११८ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा ३०.३ ओभरमा भेट्टाएको हो । नेपालको लागि गुलशन झाले ८४ बलमा सर्वाधिक ६७ रन बनाए भने भिम सार्कीले ७२ बलमा ३६ रन बनाए। कुशल भुर्तेलले १ रन, आशिफ शेखले ८ रन र रोहित कुमार पौडेलले १ रन बनाएर आउट हुँदा गुलसन र भिमले नेपालको जित सुनिश्चित गरेका हुन् 

जित संगै नेपालले एसिया कपमा स्थान पक्का गरेको छ । नेपालले एसिया कपमा भारत र पाकिस्तानसंग खेल्न पाउने छ । नेपाल, भारत र पाकिस्तान एसिया कपको लागि समुह ए मा परेका छन् । यस संगै नेपालले पहिलो पटक एसिया कपमा सहभागिता जनाउने छ । एसिया कप आगामी सेप्टेम्बरमा हुने छ 

फाइनल खेल हिजो सोमबार नै सुरु भएको थियो । तर वर्षाको कारण आज रिजर्भ डे मा पुगेर सकिएको हो । खेलमा नेपालले टस जितेर पहिले बलिंग गर्ने निर्णय गरेको थियो । नेपालले युएईलाई ३३.१ ओभरमा अल आउट गर्दै ११७ रन मै सिमित गरेको थियो । युएईलाई सस्तैमा समेट्न ललित राजबंशीले ४ विकेट, सन्दिप लामिछानेले २ विकेट, करण केसीले २ विकेट, सोमपाल कामीले १ विकेट र गुलसन झाले १ विकेट लिएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved