विश्वकप क्रिकेटको छनोटमा नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2023 | 03:13:59 PM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोटमा नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेल नेपालले घरेलु टोली जिम्बावेसँग खेल्ने भएको हो । खेल असार ३ गते जिम्बावेको हरारे स्पोर्टस क्लबमा हुनेछ । 

समूह ‘ए’मा नेपालले असार ५ गते अमेरिका, असार ७ गते वेष्ट इण्डिज र असार ९ गते नेदरल्याण्ड्ससँग समूह चरणको खेल खेल्नेछ । 

नेपाली टिम छनोटको तयारीका लागि जेठ १७ गते दक्षिण अफ्रिका जानेछ । जेठ २७ गते उतैबाट जिम्बावे जानेछ ।

समूह बीमा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved