राष्ट्रिय क्रिकेट टिमका खेलाडीको मुटु परीक्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2023 | 05:54:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका सबै खेलाडीको मुटु परीक्षण (कार्डिक स्क्रिनिङ) गराएको छ । क्यानले गंगालाल हृदयरोग अस्पतालमा क्रिकेटरहरुको मुटु परीक्षण गराएको हो । 

विश्वकप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका सबै खेलाडीको मुटु परीक्षण गराइएको हो । सबै खेलाडीको रिपोर्ट सामान्य आएको छ ।

खेलाडीको स्वास्थ्य अवस्थाबारे लगत राख्न र भविष्यमा पर्ने स्वास्थ्य समस्यापछि उपचार प्रक्रिया सहज बनाउन परीक्षण चुस्त दुरुस्त बनाउन लागिएको क्यानले जनाएको छ । 

नेपाल एकदिवसीय विश्वकपका लागि ग्लोवल क्वालिफायरको तयारी गरिरहेको छ । असार ३ देखि जिम्बाब्वेमा हुने प्रतियोगितामा नेपालले वेष्ट इण्डिज, घरेलु टोली जिम्बाब्वे, नेदरल्याण्ड्स र अमेरिकासँग समूह चरणमा छनोट खेल खेल्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved