क्रिकेट संघको सचिवमा पारस खड्काको उम्मेदवारी घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2023 | 03:41:57 PM मा प्रकाशित

laxmi  sunrise bank

पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा उम्मेदवारी घोषणा गरेका छन् । बागमती प्रदेशको अध्यक्षसमेत रहेका खड्काले क्यानको सचिवमा उम्मेदवारी घोषणा गरेका हुन् । 

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान खड्का केही समय अघि सम्पन्न बागमती प्रदेशको अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । अहिले उनले क्यान केन्द्रको सचिवमा उम्मेदवारी दिने भएका हुन् । क्यानको साधारणसभा आजबाट काठमाडौँमा सुरु भएको छ ।

शनिबारसम्म चल्ने साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने कसरतमा छन् । चन्दले सर्वसम्मत अध्यक्ष हुन चाहेपनि उनलाई लुम्बिनी प्रदेशका उपाध्यक्ष विजयराज भण्डारीले चुनौती दिने भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved