क्रिकेट संघ क्यानले गर्यो नेपाल मै अन्तराष्ट्रिय सिरिज गराउने सहितका १० निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2023 | 08:39:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रिकेट संघ क्यानले विभिन्न १० वटा निर्णय गरेको छ । क्यानको आज असोज ९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले नेपाल, हङकङ र युएई त्रिकोणात्मक सिरिज गर्न लगायतका १० निर्णय गरेको हो  ।

क्यानका नव निर्वाचित सचिव पारस खड्काले विज्ञप्ति मार्फत क्यानको बैठकको निर्णय सार्वजनिक गरेका हुन्  । नेपाली राष्ट्रिय क्रिकेट टिममा पूर्व कप्तान रहेका खड्का क्यानको हालै सम्पन्न साधारणसभाबाट सचिव निर्वाचित भएका हुन्  । 

यस्ता छन् क्यानका १० निर्णय:

१. ICC Men's T20 World Cup Asia Finals प्रतियोगिताको तयारी स्वरुप नेपाल, हङकङ र युएईविच अक्टोबर १७ देखि २६, २०२३ सम्म काठमाण्डौमा Tri-Nations Series T-20I प्रतियोगिता आयोजना गर्ने निर्णय गरियो ।

२. नेपाल क्रिकेट संघका अध्यक्ष श्री चतुर बहादुर चन्दज्यूको संयोजकत्वमा संघका उपाध्यक्ष श्री रोशन कुमार सिंह, सचिव श्री पारस खड्का, कोषाध्यक्ष श्री पदम बहादुर खड्का र सदस्य श्री दिवाकार घले रहने गरी ५ सदस्यिय कार्य सम्पादन समिति गठन गर्ने निर्णय गरियो। 

३. प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता यस वर्ष ७ प्रदेश र ३ विभागिय टीमहरु गरी १० टीमहरुविच राउण्ड रोविन लिगको आधारमा संचालन गर्ने, सेमिफाईनल दुई दिवसिय लिग र फाईनल खेल ३ दिवसिय ढाँचामा संचालन गर्ने निर्णय गरियो ।

४. राष्ट्रिय खेलकुद परिषदबाट प्रारम्भिक सहमती प्रदान भए अनुसार केन्द्रीय पदाधिकारी थप गर्ने सम्बन्धमा हालै सम्पन्न वार्षिक साधारण सभा दौरान सबै प्रतिनिधि सदस्यहरुले आवश्यकता महशुस गरेको हुँदा सो सम्वन्धमा आवश्यक प्रकृया पुरा गरी आगामी संघको वार्षिक साधारण सभामा लैजाने निर्णय गरियो ।

५. प्रत्येक प्रदेशहरुमा १/१ वटा खेल मैदानमा पिच निर्माण गरी प्राविधिक जनशक्ती र आवश्यक खेल मैदान सामाग्रीको व्यवस्था गर्ने निर्णय गरियो । हरेक प्रदेशको प्रतिनिधित्व रहने गरी १० जना व्यक्तिहरुलाई क्युरेटर तालिम प्रदान गर्ने निर्णय गरियो ।

६. प्रत्येक प्रदेशमा प्रादेशिक क्रिकेट संघले पुर्व खेलाडी, क्रिकेटसँग सम्वन्धित व्यक्तिहरु मध्येबाट १ जना स्वयंसेवक प्रोभेन्सियल डेभलपमेन्ट अफिसर नियुक्तिका लागि यस संघमा सिफारीस गरी पठाउने निर्णय गरियो ।

७. नेपाल प्रिमियर लिग (NPL) नेपाल क्रिकेट संघ आफैले आगामी मार्च/ अप्रिल, २०२४ मा आयोजना गर्ने गरी आवश्यक तयारी अगाडी बढाउने निर्णय गरियो ।

८. अन्य फ्रेन्चाईज लिग क्रिकेट प्रतियोगिताहरु यदि विदेशी खेलाडी विना Domestic League को रुपमा संचालनको लागि अनुमती प्रदान गर्ने निर्णय गरियो । साथै EPL बाट विदेशी खेलाडी सहितको एभरेष्ट प्रिमियर लिग आयोजनाका लागि प्राप्त प्रस्ताव सम्वन्धमा छलफल हुँदा नेपाल प्रिमियर लिग (NPL) प्रतियोगिता सम्पन्न भएपछी आगामी बोर्ड बैठकमा छलफल गरी प्रतियोगिता आयोजना गर्न दिने सम्वन्धमा निर्णय गर्ने सहमती गरियो ।९. यस वर्षदेखि कार्यविधि बनाई वार्षिक रुपमा वार्षिक राष्ट्रिय क्रिकेट अवार्ड आयोजना गर्ने निर्णय गरियो ।

१०. झापा जिल्ला क्रिकेट संघ प्रतिनिधि विवाद सम्वन्धमा जाँचबुझ गरी प्रतिवेदन पेश गर्नको लागि कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष श्री सर्वजित पाण्डेको संयोजकत्वमा सोही प्रादेशिक क्रिकेट संघका सचिव श्री टिकाराम पुरी र सदस्य श्री नारद नेपाल सदस्य रहेको ३ सदस्यिय छानविन समिति गठन गर्ने निर्णय गरियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved