यू–१९ विश्वकपः नेपालले आज न्यूजिल्यान्डसँग खेल्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2024 | 09:21:11 AM मा प्रकाशित

laxmi sunrise bank

नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा आज टेस्ट राष्ट्र न्यूजिल्यान्डसँग भिड्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे वेस्ट लण्डनमा सुरु हुनेछ ।

समूह ‘डी’बाट शीर्ष ३ मा रहँदै सुपर सिक्समा पुग्न आजको नतिजा दुवै टोलीलाई महत्वपूर्ण हुनेछ ।

नेपालले यू–१९ विश्वकप इतिहासमा हालसम्म न्यूजिल्यान्डसँग हारेको छैन । यसअघि भएका २ खेलमा दुवैमा नेपाल विजयी भएको छ । सन् २००६ को प्लेट फाइनलमा नेपाल एक विकेट र २०१६ को समूह चरणको भेटमा नेपाल ३२ रनले विजयी भएको थियो । 

नेपालका प्रशिक्षक जगत टमाटाले पहिलो खेल सधैं महत्वपूर्ण हुने र पहिलो खेलबाटै टिमले लय सेट गर्नुपर्ने बताएका छन् । उनले नेपालले उत्कृष्ट प्रदर्शन गर्ने दाबी पनि गरेका छन् । 

नेपालले यसअघि दुई पटक मात्र समूह चरण पार गरेको छ । 

नेपालको टिमः

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश कंडेल विशालविक्रम केसी, सुवाश भण्डारी, दीपक बोहरा, दिपक बोहरा, उत्तम रंगु थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलकराज भण्डारी, आकाश चन्द ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved