अर्ना बियरले क्रिकेट टिमलाई दियो बलिङ मेसिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2024 | 06:18:42 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्ना बियर उत्पादक यति ब्रुअरीले नेपाल क्रिकेट संघ क्यानलाई बलिङ मेसिन हस्तान्तरण गरेको छ । कम्पनीले आज एक कार्यक्रम गरि मुलपानी क्रिकेट मैदानमा अत्याधुनिक बलिङ मेसिन हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेलले उक्त मेसिन ग्रहण गरेका छन् ।

कम्पनीले यस अघि नै नेपाल क्रिकेट संघलाई हस्तानतरण गर्नको अत्याधुनिक बलिङ मेसिन खरिद गरेको घोषणा गरेको थियो । नेपाली क्रिकेटको विकासमा योगदान गर्ने अवसर दिनु हुने सबैमा आफु कृतज्ञ रहेको कम्पनीले जनाएको छ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved