क्यानडासँगको क्रिकेट सिरिज आजदेखि, नेपालका सर्वाधिक सफल २ प्रशिक्षक आमनेसामने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2024 | 09:04:25 AM मा प्रकाशित

laxmi sunrise bank

आजदेखि काठमाडौँको किर्तिपुर् स्थित टियु क्रिकेट मैदानमा नेपाल र क्यानडाबीच एक दिवशीय क्रिकेट सिरिज सुरु भएको छ । आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिंग गर्दै छ ।

यस सिरिजमा नेपाल र क्यानडाले कुल ३ वटा खेल खेल्ने छन् । दोस्रो खेल माघ २७ गते शनिवार र तेस्रो खेल माघ २९ गते सोमबार हुने छ ।

नेपाल क्रिकेट इतिहास कै दुई सफल प्रशिक्षक आमने समाने हुन लागेका हुन् । नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाई छन् भने क्यानडाका मुख्य प्रशिक्षक पुबुदु दासानायके छन् । पुबुदु पनि नेपालको मुख्य प्रशिक्षक भईसकेका छन्  । पुबुदु कै बेला नेपाल डिभिजन फाइभदेखि डिभिजिन टु सम्म पुगेको थियो भने टी–२० विश्वकपसम्म पनि पुगेको थियो। मोन्टीको प्रशिक्षणमा नेपालले आईसीसी विश्वकप लिग २ मा पछिल्ला १२ मध्ये ११ खेल जित्दै ओडीआई मान्यता पायो, एसीसी प्रिमियर कपको उपाधि जित्यो, पहिलो पटक एसिया कपमा सहभागी भयो र पुनः टी–२० विश्वकपमा स्थान पनि बनायो ।

उता नेपाल छाडेपछि पुबुदुले क्यानडालाई २०१४ पछि पहिलो पटक २०२३ मा ओडीआई मान्यता फिर्ता दिलाए र टी–२० विश्वकपमा पनि पहिलो पटक पुर्‍याएका छन् । तसर्थ नेपाली क्रिकेटको इतिहासमा सर्वाधिक सफल दुई प्रशिक्षकहरु टियु मैदानमा आमने समाने हुन लागेका हुन् । 

यो सिरिजपछि नेपालले नेपाल मै लिग २ अन्तर्गतको पहिलो खेलको रुपमा नेदरल्याण्ड र नामिबियाँसँग सिरिज खेल्ने छ ।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved