नेपाल एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2024 | 05:25:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

डिएलएस विधिमार्फत कुवेतले दिएको ५० रनको लक्ष्य नेपालले ३१ बल अगावै पूरा गर्यो । नेपालका लागि कप्तान इन्दु वर्मा २२ र कविता जोशी ४ रनमा अविजित रहे । सीता रानामगर १७ र कविता कुवर १ रनमा आउट भइन् ।

टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनाएको थियो ।

कुवेतलाई सस्तोमा रोक्न नेपालकी सीता रानामगरले ह्याट्रिक विकेट लिइन् । रुविना क्षेत्री र कविता कुवरले २–२ विकेट लिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved