आईसीसी विश्वकप क्रिकेट लिग २ को पहिलो खेलमा नेपालले खराब प्रदर्शन गरेको छ। नामिबियाँसँग टस हारेर पहिले ब्याटिंग गरेको नेपाल ४१.१ ओभर मै अल आउट हुँदै १३२ रन मात्र बनाएको छ। एकदिवसीय क्रिकेटमा नेपालको यो सातौ सानो स्कोर हो ।
आजको खेलमा ओपनर कुशल भुर्तेल पहिलो बल मै सुन्य रनमा आउट भएका थिए । त्यस्तै आशिफ शेख ४ रनमा, अनिल शाह ८ रनमा, क्याप्टेन रोहित पौडेल १ रनमा आउट भए । भिम शार्कीले सर्वाधिक ४४ रन बनाए भने गुलशन झाले २१ रन, कुशल मल्लले १५ रन, सोमपाल कामीले २ रन, र पवन शर्राफले १२ रन बनाए । करण केसीले १६ रन बनाए भने ललित राजबंशी शुन्य रन मै नट आउट रहे । नेपालले ९ रन एक्स्ट्रा अन्तर्गत पाएको छ ।
यस संगै नेपालले नामिबियाँलाई १३३ रनको लक्ष्य दिएको छ ।
आज देखि आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको पहिलो सिरिजको रुपमा नेपाल, नामिबिया र नेदरल्याण्ड सम्मिलित ट्राईसिरिज सुरु भएको हो । विश्वकप लिग २ मा ८ टिम सहभागी छन् । ४ वर्षसम्म चल्ने लिगको शिर्ष ४ स्थानमा रहने टिमले सिधै सन् २०२७ मा हुने विश्वकप छनौटमा स्थान बनाउने छन् ।