विश्वकप तयारी: नेपालले भारतका क्लबसँग क्रिकेट खेल्ने, यस्तो छ तालिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2024 | 06:35:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टि २० विश्वकप क्रिकेटको तयारी स्वरुप भारतका क्लबहरुसँग प्रतियोगिता खेल्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानले यसको लागि फ्रेण्डसिप कप तय भएको जनाएको छ । 

क्यानका अनुसार नेपालले भारतको गुजरात र बरोदा क्रिकेट क्लबसँग प्रतियोगिता खेल्न लागेको हो । यी खेल भारतको गुजरातमा हुने छ 

३१ मार्च देखि सुरु हुने प्रतियोगिताको फाइनल ७ अप्रिलमा हुने छ। जसमा नेपालले गुजरातसँग २ र बरोदासँग २ खेल खेल्ने छ । त्यस्तै गुजरातले बरोदासँग पनि २ खेल खेल्ने छ । यी खेल पछि शिर्ष स्थानमा रहने २ टिमले फाइनल खेल्ने छन् 



नेपालले टि २० विश्वकप क्रिकेटको तयारी स्वरुप भारतका क्लबहरुसँग प्रतियोगिता खेल्न लागेको हो। टि २० क्रिकेट विश्वकप जुन २ देखि सुरु हुँदै छ ।  विश्वकपमा नेपाल समुह डि मा रहेको छ । सो समुहमा नेपाल सहित बंगलादेश, साउथ अफ्रीका, नेदरल्याण्ड र श्रीलंका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved