आगामी टि २० विश्वकप खेल्ने नेपालको टिम घोषणा , को को परे ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2024 | 07:39:34 PM मा प्रकाशित

नेपाल क्रिकेट संघ क्यानले आगामी टि २० विश्वकपको लागि नेपाल टिमको घोषणा गरेको छ । क्यानले आज रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो 

टिमका अन्य सदस्यमा आशिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, ललिता नारायण राजवंशी, कारण केसी, सोमपाल कामी, गुलशन झा, पतिश जिसी, सन्दिप जोरा, अविनाश बोहरा, सगर ढकाल र कमल सिंह ऐरी रहेका छन् । 


आगामी विश्वकपमा नेपाल समुह डि मा रहेको छ ।  समुह डि मा नेपाल, साउथ अफ्रीका , बंगलादेश, श्रीलंका र नेदरल्याण्ड पनि छन् । 

टि २० विश्वकप आगामी जुन २ अर्थात् जेठ २० गतेदेखि अमेरिका र वेस्टइन्डिजमा हुँदै छ । नेपालले यस अघि सन् २०१२ को टि २० विश्वकप खेलेको थियो । नेपालले १२ वर्षपछि विश्वकप खेल्न लागेको हो

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved