
अमेरिकी महादेशका फुटबल हस्तीहरु भिड्ने कोपा अमेरिका फुटबल प्रतियोगिता अर्को महिनादेखि सुरु हुँदै छ। २०२४ जुन २० तारिखदेखि २०२४ जुलाई १४ तारिखसम्म अमेरिकामा कोपा अमेरिका फुटबल प्रतियोगिता हुन लागेको हो।
यो कोपा अमेरिकाको ४८ औ संस्करण हो । प्रतियोगिता साउथ अमेरिकी फुटबल संघले आयोजना गर्ने गरेको छ।
प्रतियोगितामा १६ टिम सहभागी छन् । १६ टिमलाई हरेक समुह ४ वटा देश रहने गरि ४ वटा समुहमा विभाजन गरिएको छ। समुह चरणमा हरेक टिमले आफ्नो टिममा रहेका अर्को देशसँग समान १-१ खेल खेल्ने छ । सबै टिमले समुह चरणमा ३ खेल खेलेपछि समुह चरणको शिर्ष २ रहने टिम नकआउटमा पुग्ने छन् ।
यस्ता छन् टिम र समुह :
समुह ए : अर्जेन्टिना, पेरु, चिली, क्यानडा
समुह बि : मेक्सिको, इक्वेडर, भेनेजुएला, जमाईका
समुह सी: अमेरिका, युरुग्वे, पानामा, बोलिभिया
समुह डि: ब्राजिल,कोलम्बिया, पाराग्वे, कोस्टारिका
यी मध्ये युरुग्वे सर्वाधिक ४६ औ पटक प्रतियोगिता खेल्दै छ भने अर्जेन्टिना ४४ औ पटक प्रतियोगिता खेल्दै छ । त्यस्तै चिली ४१ औ, पाराग्वे ३९ औ, र ब्राजिल ३८ औ पटक प्रतियोगिता खेल्दै छन् । क्यानाडाले पहिलो पटक कोपा अमेरिका खेल्न लागेको हो ।
अर्जेन्टिना प्रतियोगिताको सर्वाधिक सफल टिम हो । अर्जेन्टिनाले हालसम्म १५ पटक उपाधि जितेको छ भने १४ पटक उपविजेता बनेको छ । युरुग्वेले पनि १५ पटक उपाधि जितेको छ भने ६ पटक उप बिजेता बनेको छ । ब्राजिलले ९ पटक उपाधि जितेको छ भने १२ पटक उपविजेता भएको छ। पाराग्वे, चिली र पेरुले समान २-२ पटक उपाधि जितेका छन् । त्यस्तै बोलिभिया र कोलम्बियाले समान १-१ पटक उपाधि जितेका छन् ।
अर्जेन्टिना र युरुग्वेको उपाधि संख्या हालसम्म समान १५-१५ रहेकोले यी दुई टिमलाई थप १ उपाधि जितेर इतिहास रच्ने अवसर छ । अर्जेन्टिना गत संस्करणको बिजेता टिम हो । अर्जेन्टिनाले ब्राजिललाई हराउदै उपाधि जितेको थियो ।
यो पनि : अर्को महिना सुरु हुँदै छ युरोकप, यस्ता छन् सहभागी २४ देश र सर्वाधिक सफल टिम