टी-२० विश्वकपमा आज नेपालको प्रतिस्पर्धा नेदरल्यान्डसँग, विजेताले २४ लाख ५० हजार डलर पुरस्कार पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2024 | 07:24:43 AM मा प्रकाशित

 आईसीसी टी–२० अन्तरगत नवौं संस्करणको  विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत आज अर्थात् मंगलबार नेपालले पहिलो खेल नेदरल्यान्डससँग  खेल्दै छ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा समावेश छ ।समूह डी मा नेपाल, बङ्गलादेश, नेदरल्याण्डस, दक्षिण अफ्रिका र श्रीलंका छन्।

 आइतबारदेखि शुरु भएको प्रतियोगिता अन्तरगत उक्त समूहमा नेपालसहित नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् । दोस्रो खेल भने जुन ११ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा हुनेछ । त्यसपछि नेपालको टोलि वेस्ट इन्डिजतर्फ लाग्नेछ ।

वेस्ट इन्डिजको भिन्सेन्टमा जुन १४ दक्षिण अफ्रिका र जुन १६ मा नेपालले बंगालादेशसँग प्रतिस्पर्धा गर्ने छ ।आगामी जुन २९ सम्म हुने उक्त विश्वकपमा २० राष्ट्रले भाग लिंदै छन् ।

यसैबीच,टी–२० अन्तरगत नवौं संस्करणको  विश्वकप क्रिकेट प्रतियोगिताको विजेताले२४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउने भएका छन् ।

अन्तरराष्ट्रिय क्रिकेट परिषद(आईसीसी )ले सोमबार जारी गरेको विज्ञप्ति अनुसार उपविजेताले १२ लाख २८ हजार अमेरिकी डलर पाउनेछन् । त्यस्तै प्रतियोगितामा सहभागी सबै टिमले २ लाख २५ हजार अमेरिकी डलर पाउनेछन् ।

आईसीसीको यो घोषणा अनुसार नेपालले पनि २ लाख २५ हजार डलर पाउनेछ । अर्थात् नेपालले करिब ३ करोड नेपाली रुपैयाँ पाउने छ । आईसीसी टी-२० विश्वकपमा सहभागी हुन अमेरिका गएको नेपाली टोली क्रिकेट टोलीको कप्तानमा रोहित पौडेल छन् ।

टी-२० विश्वकपमा २८ दिनभित्र ५५ खेल हुनेछन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved