
क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरूमा सहभागी हुन वेष्टइन्डिज पुगेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू वेस्ट इन्डिज पुगेको जानकारी दिएका हुन् ।
क्रिकेट एशोसिएशन अफ नेपाल (क्यान) का अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् ।
आईसीसीको समन्वयमा लामिछानेले वेष्टइण्डिजमा हुने खेल खेल्न लागेको क्यानले बताएको छ । उनले वेष्टइन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् ।
विश्वकप क्रिकेट २०२४ का खेलहरू अमेरिका र वेष्टइण्डिजमा भइरहेको छ । अमेरिकाले भिसा निदएका कारण अमेरिकामा भएको खेलमा उनी जान पाएका थिएनन् ।यसअघि नेपालले पहिलो खेल अमेरिकामा नेदरल्याण्ड्ससँग खेलेको थियो भने दोस्रो खेल बुधबार बिहान न्यूयोर्कमा श्रीलंकासँग खेल्दैछ ।
त्यसपछि थप दुई खेलका लागि नेपाल वेष्टइन्डिज जानेछ ।