अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2024 | 10:51:37 AM मा प्रकाशित

नेपाल बलियो प्रतिद्वन्द्वी मध्येको एक दक्षिण अफ्रिकासँग पहिलो पटक सामना गर्दा अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा १ रनले पराजित भएको छ। टी-२० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिजको सेन्ट भिन्सेन्ट स्थित आर्नोस भेल रङ्गशालामा दक्षिण अफ्रिकासंग नेपाल एक रनले पराजित भएको हो। 

नेपालले सुरुमा कसिकसाउ बलिङ गर्दै दक्षिण अफ्रिकालाई २० ओभरमा ७ विकेटको क्षतिमा ११५ रनमा रोकेको थियो। जवाफमा २० ओभरमा नेपालले ११४ रन बनायो। अन्तिम दुई बलमा रन जोड्न नसक्दा ऐतिहासिक विजयको नजिक भएर पनि नेपाल पराजित भएको थियो।

योसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ। यो खेल जितेको अवस्थामा त्यो नेपालले टेस्ट खेल्ने कुनै पनि टोलीमाथि हासिल गरेको पहिलो जित हुने थियो। सुपर आठमा पुग्ने सम्भावना जीवित राख्न पनि शनिवारको खेल जित्नै पर्ने अवस्थामा नेपाल थियो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved