भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित शर्माले टी-२० अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। शनिबार राति टी(२० विश्वकपको उपाधि जितेसँगै रोहितले टी-२० फर्म्याटका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्।
शनिबार दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले दोस्रो पटक टी-२० विश्वकपको उपाधि जितेको थियो। बार्बाडोसमा पोस्ट म्याच प्रेस कन्फरेन्समा बोल्दै कप्तान शर्माले टी(२० अन्तर्राष्ट्रियबाट सन्यास लिने बताएका थिए।
रोहित शर्मा जारी विश्वकपमा सबैभन्दा बढी रन बनाउने खेलाडीको दोस्रो नम्बरमा छन्। उनले ८ खेलबाट २५७ रन बनाएका छन्।
रोहित शर्माको नाममा टी-२० आईमा सबैभन्दा बढी रन बनाउने खेलाडीको कीर्तिमान पनि छ। उनले १५९ वटा खेलबाट ४ हजार २३१ रन बनाएका छन्।