एभरेष्ट महिला भलिबल लिगको ट्रफी सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2024 | 09:32:51 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट महिला भलिबल लिगको ट्रफी सार्वजनिक गरिएको छ। काठमाण्डौको ह्यात प्यालेसमा एक कार्यक्रमको आयोजना गरि आयोजकले नेपालमै पहिलोपटक हुन लागेको यस किसिमको भलिबल लिगको ट्रफी सार्वजनिक गरेको हो। 

आयोजक इन्फिनिटी ड्रिम्स प्राइभेट लिमिटेडकाअनुसार समयलाई प्रेरणा स्वरुप राखेर ट्रफी डिजाइन गरिएको छ। यसले खेलको सारलाई समेट्छ। ट्रफीको आकार बललाई हानिरहेको हात र पाखुराको अमुर्त डिजाइनबाट बनेको छ। २२ इन्चअग्लो २७ किलोग्राम तौलको यो ट्रफी जर्मनीका कुशल हस्तकला निर्माताहरुले तयार गरेका हुन 

लिग सुरु हुन १५ दिन अगाडी मात्रै ट्रफी सार्वजनिक गरिएकोप्रति खुसि ब्यक्त गर्दै यस किसिमको प्रतियोगिताले भलिबललाई व्यवसायीकरण गराउने आयोजकको अपेक्षा छ। यो ट्रफी प्रतियोगितामा सामेल भएका सातवटै प्रदेशका टीमले आ आफ्नो ठाउंमा लगेर त्यहाँ पनि अनावरण गर्ने कार्यक्रम रहेको छ। १७ सेप्टेम्बरमा कर्णालीदेखि सुरु हुने ट्रफी अनावरण कार्यक्रम २८ सेप्टेम्बरमा काठमाण्डौ ल्याएर समापन हुनेछ। 

६ टोलि सहभागिता रहने यो प्रतियोगिता असोज १४ देखि १९ गतेसम्म राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुनेछ। प्रतियोगितामा चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थनडर्स, मधेश युनाइटेड, काठमाण्डौ स्पाइकर्स, कर्णाली यसभिसको सहभागिता रहनेछ।  इन्फिनिटी ड्रिम्सले महिला फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघसँग ७ वर्षको लागि सम्झौता गरिसकेको छ र लिग गरेवापत वार्षिक २५ लाख भलिबल संघलाई दिनेछ ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले यस प्रकारको प्रतियोगिताले नेपालको महिला भलिबललाई व्यवसायीकरण बनाउने विश्वास ब्यक्त गरेका छन्। 

यस प्रतियोगिताको मुख्य प्रायोजक रहेको वात्सल्यले सन्तान प्राप्तिको सम्भावना सुरक्षित गर्न योगदान गर्दै आएकोमा महिला भलिबललाई पनि नयाँ उचाईमा पुर्याउन यस प्रतियोगितासंग आबद्द भएको  वात्सल्यका संस्थापक तथा प्रबन्ध निर्देशक प्रशान्त सुबेदीले बताए। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved