नेपालले आइसीसी विश्वकप लिग–२ अन्तर्गत अहिले ओमान विरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।
क्यानडाको ओन्टेरियोमा सुरु भएको खेलमा ओमानका कप्तान अकिब इलियासले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् । यसअघिको पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थिया ।
आजको खेलमा नेपाली टोलीमा केही परिवर्तन गरिएको छ । पहिले ब्याटिङ गर्न लागेको नेपालले यसअघिको टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ । नेपालको आजको टोलीमा कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी र कुशल मल्ल टोलीमा परेका छैनन् । उनीहरुलाई बेन्चमा राखिएको छ ।
त्यस्तै अनिल शाह, आरिफ सेख र अर्जुन साउदलाई आज मौका दिइएको छ । आजको टोलीमा शाह, सेख र साउदसँगै भीम सार्की, अर्जुन साउद, रोहित पौडेल (कप्तान), सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।