एभरेष्ट भलिबल लिगमा अमेरिकन खेलाडी ग्याब्रीएल बेन्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2024 | 08:50:33 AM मा प्रकाशित

नेपालमा पहिलो पटक हुन लागेको ‘एभरेष्ट वुमन भलिबल लिग (ईडब्लुभिएल)’  मा अमेरिकन खेलाडी ग्याब्रीएल बेन्डा खेल्ने भएकी छन्। यस लिगमा सहभागिता जनाएको ‘कर्णाली यश्विज’  ले उनलाई टिममा अनुबन्ध गरेसंगै लिगमा उनले खल्ने निश्चित भएको हो। 

‘यश्विज टिम’ ले एक कार्यक्रमको आयोजना गरी ग्याब्रीएलले आफ्नो टिमबाट खेल्ने खबर सार्वजनिक गरेको हो । केही दिन अघि मात्र कर्णालीमा लिगको ‘ट्रफी अनावरण समारोह’ अर्थात ‘ट्रफी टुर’ सम्पन्न गरिएको थियो । ट्रफि अनावरणपछि यश्विजले ग्याब्रीएलबारे घोषणा गरेको हो ।

रमेश कर्पोरेसनले हेर्दै आईरहेको ‘कर्णाली यश्विज’ बाट खेल्न लागेकी ग्याब्रीएल अमेरिकाको घरेलु लिगमा परिचित अनुहार हुन् । उनी अमेरिकाको राष्ट्रिय भलिबल खेलाडी हुन् । उनले राष्ट्रिय तहको थुप्रै खेलहरु खेलिसकेकी छिन् । 

खेलकुद विकास र महिला भलिबलको उत्थान गर्ने मुल उद्देश्यको साथ सुरु भएको ‘कर्णाली यश्विज’ टिममा आफु जोडिन पाउँदा खुसी लागेको बताएकी छिन । नेपाल जस्तो सुन्दर देशमा भलिबल खेल्न पाउँदा आफुलाई गर्वान्वित महशुस भएको बताइन् । 

‘एभरेष्ट वुमन भलिबल लिग’ यहीँ असोज १४ देखि १९ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुँदैछ । लिगमा ६ टोलीको सहभागितामा हुनेछ । कर्णाली यश्विज टिमबाट प्रशिक्षकमा भलिबल महिला टोलीको प्रमुख प्रशिक्षककुमार राई छन् । उनी ’न्यु डाइमन्ड युथ स्पोट्स क्लब’ को प्रमुख अध्यक्ष समेत हुन् ।

उनको प्रशिक्षन र ग्याब्रीएल बेन्डाको साथ र समर्थनले कर्णाली यश्विज टिमले ‘एभरेष्ट वुमन भलिबल लिग(ईडब्लुभिएल)’को ट्रफी उचाल्नेमा सबै विश्वस्त छन । कर्णालीको टिमबाट सुमित्रा रेग्मी, मिना सुनार, मनिषा चौधरी, यमुना रसाइली, सुनिता राई, सृष्टि खड्का, गरिमा बोहोरा र पशुपति बोहरा एभरेस्ट वुमन्स भलिबल लिग खेल्ने छन् । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved