साफ महिला च्याम्पियनशिपको फाइनल खेल आज, अनलाइनबाट विक्री टिकट रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2024 | 08:56:36 AM मा प्रकाशित

laxmi sunrise bank

साफ महिला च्याम्पियनशिपको बहुप्रतीक्षित फाइनल खेल आज हुने भएको छ। उपाधिका लागि नेपाल र बाङ्ग्लादेशबीच दशरथ रंगशालामा आज साँझ खेल हुने भएको छ।

खेल दशरथ रंगशालामा बुधवार साँझ ६:३० बजे सुरु हुनेछ। यसअघि नेपाल र बंगलादेशबीच १२ खेल भएका छन्, जसमध्ये ६ खेल नेपाल र १ खेल बंगलादेशले जितेका छन् भने ५ खेल बराबरी भएको छ। 

घरेलु दर्शकमाझ हुन गईरहेको खेलमा नेपालसामू ११ पटक फाइनल खेलेर पनि उपाधि जित्न नसकेको पीडा विर्साउने अवसर रहेको छ। साफ च्याम्पिअनशिपको सात संस्करणमध्ये छ पटक फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको पीडा नेपालसँग छ। त्यस्तै नेपाल साफ, साफ, वुमेन्स गोल्डकप, नादेज्डा कप र वाफ च्याम्पियनशिप गरि १२ औं पटक फाइनलमा पुगेको छ तर उपाधि जित्न सकेको छैन। 

अनलाइनबाट विक्री टिकट रद्द

फाइनल खेलको टिकट विक्री अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफै विक्री गर्ने भएको छ। एन्फाले मंगलवार पत्रकार सम्मेलनमार्फत ३ ठाँउमा बुधवार बिहान ८:०० बजे टिकट विक्री गरिने जानकारी गराएको थियो।

जावलाखेल खेल मैदान, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र भद्रकालीको स्थिति आर्मी हेडक्वाटरको गेट बाहिर विक्री गरिने भएको छ।  साधारणतर्फ ११ हजार र भिआइपी १ हजार मात्र टिकट विक्री गरिने छ। साधारणतर्फ ५ सय र भिआइपी १ हजार रुपैयाँ टिकट दर तोकिएको छ। दशरथ रंगशालामा १५ हजार ४ सय दर्शक क्षमता रहेको छ। 

एन्फाले माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रालि सँगको सम्झौता रद्द भएको जानकारी गराएको छ। आफुहरुले ३० लाख रुपैयाँ प्राप्त गरेको र ५० लाख रुपैयाँ प्राप्त गर्न बाँकी रहेको एन्फाको दाबी छ। एन्फाले ८० लाख रुपैयाँमा माउण्ट एभरेष्टसँग सम्झौता गरेको थियो। खल्तीबाट फाइनलका लागि विक्री भएको टिकट साधारणतर्फ ४ हजार १ सय तथा भिआइपीतर्फ १ हजार रद्द गरिएको एन्फाले जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved