साफ महिला च्याम्पियनसिप २०२४ मा पनि नेपाल उपविजेतामा सीमित भएको छ। घरेलु मैदानमा बुधबार भएको फाइनल खेलमा बंगलादेशले २-१ पराजित गरेसँगै नेपालले उपविजेता चित्त बुझाउनु परेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशका लागि ५२ औं मिनेटमा मोनिका चक्माले पहिलो गोल गरेकी थिइन । त्यस लगत्तै नेपालको तर्फबाट अमिशा कार्कीले ५६ औं मिनेटमा गोल फर्काइन् । फेरि ८१ औं मिनेटमा बैगलादेशका लागि ऋतु पोर्ना चक्माले दोस्रो गोल गरिन ।
योसँगै बंगलादेशले लगातार दोस्रो पटक उपाधि जितेको छ । अघिल्लो संस्करणको फाइनलमा पनि नेपाललाई बंगलादेशले ३-१ ले हराएको थियोे।