उत्कृष्ट नेपाली क्रिकेट खेलाडी महतोलाई उपहारमा यामाहा रेजेडआर १२५एफआई हाइब्रिड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2025 | 10:30:36 AM मा प्रकाशित

laxmi sunrise bank

यामाहा नेपालले महिला टी-२०आई त्रिकोणीय शृङ्खलाकी उत्कृष्ट नेपाली खेलाडीलाई सम्मानस्वरुप 'यामाहा रेजेडआर १२५एफआई हाइब्रिड' उपहार दिएको छ ।  

फाइनल खेलपछि आयोजित विशेष समारोहमा एमएडब्ल्यू राइड्सकी मार्केटिङ प्रमुख सलिना शर्माले नेपाली क्रिकेट टोलीकी सदस्य पुजा महतोलाई स्कुटरको साँचो हस्तान्तरण गरिन्। उनले प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्दै टोलीको सफलता सुनिश्चित गरेकी थिइन्।

नेपालमा भव्य रूपमा सम्पन्न भएको नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबीच सम्पन्न महिला टी-२०आई त्रिकोणीय क्रिकेट शृङ्खला २०२५ मा नेपालले उत्कृष्ट प्रदशन गरेको थियो।  

नेपालले महिला क्रिकेटको विकास, खेलाडीहरूको सशक्तीकरण, र नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट मञ्चमा उचाल्ने प्रतिबद्धता व्यक्त गर्दै यो सम्मान प्रदान गरेको कम्पनीले जनाएको छ। यामाहा नेपालका अनुसार, नेपालमा महिला क्रिकेटको बढ्दो लोकप्रियताको समर्थन गर्न पाउनु गौरवको विषय हो।

यामाहा रेजेडआर १२५एफआई हाइब्रिड च्याम्पियनहरूका लागि उपयुक्त सवारी भएको कम्पनीको दाबी छ। यसमा उत्कृष्ट इन्धन दक्षता र हल्का तौलयुक्त डिजाइन,  हाइब्रिड पावर असिस्ट टेक्नोलोजी, गति, चुस्ती र मजबुतीको उत्कृष्ट संयोजन रहेको कम्पनीले जनाएको छ। 

नेपालकै अग्रणी दुई पाङ्ग्रे ब्रान्ड यामाहा नवीन प्रविधि, विश्वसनीयता, र युवाहरूलाई सशक्त पार्ने लक्ष्यका साथ नेपाली खेलकुदमा लगानी गर्दै आइरहेको छ। यामाहाको यो सम्मानले महिला क्रिकेटको उज्ज्वल भविष्य निर्माणमा टेवा पुर्‍याउने विश्वास गरिएको छ। यो प्रायोजनले नेपालको खेलकुद क्षेत्रलाई अझ मजबुत बनाउने यामाहा नेपालको प्रतिबद्धतालाई अझ प्रस्ट पार्ने कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved