एनसेल फाउन्डेसनद्वारा प्रत्येक गोलमा २५ शैक्षिक सामग्री वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2025 | 07:44:59 PM मा प्रकाशित

nepal oil ltd

एनसेल नेपाल सुपर लिग ९एनएसएल० सिजन ३ को अवसरमा एनसेल फाउन्डेसनले शिक्षा र समुदाय सशक्तिकरणप्रति आफ्नो प्रतिबद्धता दोहो¥याउँदै यो सिजनभरि हुने प्रत्येक एक गोल बराबर २५ शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ। एनसेल फाउन्डेसनको यो सामाजिक उत्तरदायित्व कार्यक्रम दुर्गम क्षेत्रमा रहेका सरकारी विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरिँदैछ।

एनएसएल अन्तर्गत मंगलबारसम्म सम्पन्न खेलहरूमा भएका ११ गोलको आधारमा फाउन्डेसनले हालसम्म २७५ शैक्षिक सामग्री वितरण गर्ने सुनिश्चित गरिसकेको छ। वितरण गरिने सामग्रीमा झोला, कापी, सिसाकलम, शार्पनर, इरेजरलगायतका शैक्षिक सामग्री समावेश हुनेछन्, जसले विद्यार्थीहरूको सिकाइ अनुभवमा ठोस योगदान पुर्याउने विश्वास गरिएको छ।

फाउन्डेसनकी निर्देशक विषाशा लक्ष्मी खड्काले फुटबलप्रतिको समुदायको भावनात्मक सम्बन्धलाई उजागर गर्दै यस पहलमार्फत उत्साह र सहयोगको संयोजन गरी शिक्षा क्षेत्रमा सार्थक प्रभाव पार्ने लक्ष्य रहेको बताइन्। उनले लिगका सबै खेलाडीलाई सफलताको शुभकामना दिँदै सामाजिक उद्देश्यका लागि थप गोलहरू हुनेमा उत्साहित रहेको उल्लेख गरिन्।

एनसेल फाउन्डेसनले यसअघि नेपाल प्रिमियर लिग ९एनपीएल० का दौरान प्रत्येक चौका बराबर ४ शैक्षिक सामग्री वितरण गरेको थियो। उक्त पहलअन्तर्गत ६५३ चौकाहरूबाट २,६१२ सामग्री वितरण गरिसकेको छ। हालसम्म ४२ सरकारी विद्यालयमा ५,००० भन्दा बढी शैक्षिक सामग्री वितरण भइसकेको छ।

एनएसएलको समापनपछि फाउन्डेसनले विभिन्न निकायहरूसँगको सहकार्यमा शैक्षिक सामग्रीहरू वितरण गर्नेछ। यसमार्फत शिक्षा क्षेत्रमा एनसेलको सामाजिक उत्तरदायित्वलाई थप पुष्टि गर्दै सकारात्मक सामाजिक रूपान्तरण र समावेशी विकासको मार्गप्रति फाउन्डेसन प्रतिबद्ध रहेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved